१६ कात्तिक, बार्सिलोना । नेपालजस्तै भूगोल । डाँडाकाँडा हिमाल र पहाड । क्षेत्रफल र जनसंख्या दुवै हिसाबले नेपालभन्दा लगभग साढे तीन गुणा सानो । एउटा संघीय, लोकतान्त्रिक,गणतान्त्रिक मुलुक हो स्वीट्जरल्याण्ड ।
नेपाललाई पनि स्वीट्जरल्याण्डजस्तै उन्नत मुलुक बनाउने कुरा हाम्रा राजनीतिज्ञहरुबाट पटक-पटक सुन्दै आएका छौं । हामी यीनै जिज्ञासाहरु मनमा लिएर सन् २०१९ मार्चको तेस्रो साता स्वीट्जरल्याण्डको एकहप्ते यात्रामा निस्कियौं ।
सन् २०२० को सुरुवातमा नै हामीले तयार गरेको सामग्री युरोपका विभिन्न मुलुकमा रहेका नेपालीहरुमाझ hospitalharrywilliams.org पुगेर प्रस्तुत गर्ने जमर्को गरेका थियौं । तर, कोरोनाको कहरका कारण सबै सपना चकनाचुर भए ।
ढिलै भए पनि अनलाइनखबर मार्फत स्वीटजरल्याण्डमा घुमेका, देखेका दृश्य र कुराकानीसहितको भिडियो कथा -डकुमेन्ट्री) सार्वजनिक गरेका छौं ।
यात्रा आरभ्भ
स्पेनको बार्सिलोनाबाट हाम्रो यात्रा स्वीट्जरल्याण्डको सबैभन्दा ठूलो व्यापारिक शहर ज्युरिखतर्फ बढ्यो । अन्ततः हामी उत्तरपश्चिम स्वीट्जरल्याण्डमा अवस्थित ज्युरिख शहरमा पुग्यौं ।
स्विट्जरल्याण्डमा २६ वटा प्रदेश अर्थात् क्यान्टोनहरु छन् । जर्मन, फ्रेन्च, इटालियन र रोमन गरी चार Comprar cialis generico barato en españa भाषाहरु आधिकारिक मान्यता प्राप्त छन् । त्यसो त यहाँ धेरैले अंग्रेजी लेख्न, पढ्न र बोल्न पनि सक्छन् । १७ क्यान्टोनमा जर्मन भाषा, चार ओटामा फ्रेन्च, एउटामा इटालियन भाषा र तीन ओटा क्यान्टोनमा दुइ ओटा भाषा बोलिन्छ । ६३ प्रतिशत स्वीसहरु आफ्नो मातृभाषा जर्मन भएको बताउँछन् ।
ज्युरिख पुगेको पहिलो दिन हाम्रो भ्रमण तयारीमा नै बित्यो । दोस्रो दिनको पहिलो गन्तव्य स्वीट्जरल्यान्डको पूर्वी इलाकामा पर्ने डाभोसलाई बनायौं ।