२७ वर्षसम्म जेल बसेको प्रशस्त उदाहरण इन्टरनेटमा भेटेको सुनाउँदै दक्षिण अफ्रिकी नेता नेल्सन मण्डेला धेरै जेल बस्नेमध्येमा रहेको उनले बताए । छिमेकीहरु उनको कुरा चाख मानेर सुनिरहेका थिए ।
लुम्बाकको घिमिरे गोलाइ पछाडि रहेको भुईँघरमा आइतबार दिनभर गाउँभरका मानिसहरुको आउजाउ भइरहेको थियो, उनीहरु एक अर्कामा अनेक खाले प्रश्न तेर्स्याइरहेका थिए ।
कतिपय नाता पर्ने व्यक्तिहरु आउँथे र दुर्गाप्रसादलाई चिनाउन खोज्थे, उनीचाहिँ खासै बोल्दैनथ्ये । मुन्टो मात्र हल्लाउँथे र चिनेको संकेत दिन्थे ।